कानूनमन्त्रीलाई एमाले सचेतक बरालको प्रश्नः बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ?

काठमाण्डु टुडे २०८२ साउन १९ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, १९ साउन– एमाले सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै भइरहेको चर्चाको कानूनमन्त्री अजयकुमार चौरासियासँग यसको उत्तर माग गरेकी छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेत बरालले यस्तो बतताएकी हुन । एमाले सचेतक बरालले भनिन् ‘बहुविवाह नेपाली समाजमा सामाजिक रूपमा हेर्न हो भने असामाजिक र कानूनी मान्यताले हेर्ने हो भने गैरकानूनी विषय हो।

यो संवेदनशील र गम्भीर विषय हो। यस्ता विषयमा कानून निर्माणको प्रक्रियामा अघि बढ्दा अहिले उठेको विषय के हो ?’ उनले यो गम्भीर विषय भएको उल्लेख गर्दै चर्चामा आएको वास्तविकता के हो भन्दै कानून मन्त्रीमाथि प्रश्न समेत गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us