काठमाण्डू, १९ साउन– रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिकाका–८ का ५५ वर्षीय शेख जाफिर रहेको प्रहरीले जानकारी दिएको छ ।
मन्सरी टोलमा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट जाफिरको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका जाफिरलाई उपचारका लागी प्रादेशिक अस्पताल गौरमा पुर्याइको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको डीएसपी रायले जानकारी दिएका छन ।