काठमाण्डू, १९ साउन– काठमाण्डूको जोरपाटीमा कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको छ ।
बा१९च ७७२४ नम्बरको कारले गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा सोमबार बिहान ६ बजेर ५५ मिनेटमा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण अनियन्त्रित भएको कारले सडक पेटीमा हिंडिरहेका काभ्रेका ६२ वर्षीय परशुराम पराजुली र ३४ वर्षीया सरिता केसीलाई ठक्कर उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
गिरीका अनुसार घाइतेमध्ये पराजुलीको अवस्था गम्भीर छ । पराजुलीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । केसी भने सामान्य घइते छिन् । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कार चालक गोकर्णेश्वर माकलबारीका ५१ वर्षीय कृष्णप्रसाद पाण्डे फरार छन् । पाण्डेको खोजी जारी हरेको बौद्ध प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ ।