प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ साउन १९ गते ८:२४ मा प्रकाशित

काठमाण्डू, १९ साउन– कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी सिंहलाई कार्यबाकहको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री केपी ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यराति तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us