जनार्दनजीले पार्टी छाड्नेवाला छैन भन्नुभयोः वर्षमान पुन

काठमाण्डु टुडे २०८२ साउन १८ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, १८ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा पार्टी नछाड्ने भनेर अभिव्यक्ति दिएको बताएका छन् ।

आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी उपमहासचिव पुनले यस्तो बताएका हुन । उनका अनुसार, आजको बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा राखेका थिए ।

सो क्रममा यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए । ‘कतिपय मेरा पनि कमजोरी थिए, कति अध्यक्षका कति साथीभाईका थिए,’ शर्माको भनाइ उद्धृत गर्दै पुनले भने, ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु ।’ शर्माले खुला रुपमा पार्टीका समस्याबारे भनाइ राखेको पुनले बताए ।

माओवादीको स्थायी समिति बैठक भोलि सकिनेछ । वरिष्ठ उपाध्यक्ष र महासचिवले आफ्ना कुरा राखिसकेपछि प्रचण्डले भोलि जवाफ दिने उनले उनले जानकारी दिएका छन ।

केन्द्रीय समिति बैठक बस्नेबारे कुनै मतभेद नभएको उनले बताए । दशैंपछि पहाडी लोकमार्ग अभियान पूरा गर्ने र केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us