माओवादीका १० कार्यकर्ता कमल थापाको नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ११:५२ मा प्रकाशित

संखुवासभा, २८ भदौ– जर्वजस्ती चन्दा उठाएको आरोपमा प्रहरीले नेकपा-माओवादीका एक जिल्ला कमिटि सदस्यसहित १० जनालाई पक्राउ गरेकोछ ।
जिल्लाको सभापोखरी– २ बाह्रबिसे बजारमा अलैंची व्यापारीसँग चन्दा असुल्दै गरेका बेला उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कमल थापाले बताए ।
पक्राउ पर्नेमा माओवादीका जिल्ला कमिटी सदस्य लोकमान बोगटी, जनस्वयमेवकका जिल्ला सचिव भीमबहादुर राई, अर्जुन शेर्पा, प्रवीण शेर्पा, सचिन न्यौपाने, प्रेम शेर्पा, कुमार शेर्पा, सुजन तामाङ र प्रकाश शेर्पा छन् ।
पक्राउ परेका माओवादी कार्यकर्ताबाट जर्वस्ती चन्दा संकलन गरिएको १ लाख १५ हजार नगदसहित लेटरप्याड बरामद भएको थापाले बतए । उनीहरुलाई  हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नेकपा(माओवादीले भने आफ्ना कार्यकर्तामाथि लगाइएको आरोप गलत रहेको भन्दै रिहा गर्न माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us