बहुविवाहलाई वैधता दिने मस्यौदा व्यक्ति विशेषको सोचः एमाले महासचिव

काठमाण्डु टुडे २०८२ साउन १८ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, १८ साउन– एमाले महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोच भएको बताएका छन ।

मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने एमाले महासचिव पोखरेलको भनाई छ । आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ यस्तो बताएका हुन ।

‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।

यसको बचाउ गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुस्खद पक्ष हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us