सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १८ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, १८ साउन– प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिएका छन । उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरीएको प्रहरीले जानकारी दिएको । सथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us