ठमेलका गुण्डागर्दी गरेको आरोपमा क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १८ गते ११:५२ मा प्रकाशित

काठमाण्डू, १८ साउन– प्रहरीले काठमाण्डूको ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिए । १४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो ।

क्लब सञ्चालकले नै प्रहरीलाई खबर गरेपछि सानुभाइसहित अर्को समूहका दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ पक्राउ गरेका थिए । यता ओम्नियाका सञ्चालक राजेन्द्र भने फरार थिए ।

उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जानकारी दियो । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाण्डूबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us