काठमाण्डू, १७ साउन– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ रहेको छ ।
पछिल्लो तीन घन्टामा बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भएको छ ।
सिन्धुपाल्चोकको मानेखर्कमा ५४.२ भोटाङमा २०.८ मिलिमिटर, बोल्डेमा २९ मिलिमिटर, गोब्रेमा १४.४ मिलिमिर र रामेछापको मन्थली विमानस्थलमा ३३.६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान महाशाखाको छ ।
दिउँसो गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।