सिन्धुली, १६ साउन–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रूख टहरामा खसेको थियो ।
घटनामा टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् ।
तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।