प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएः कांग्रेस नेता कोइराला

काठमाण्डु टुडे २०८२ साउन १६ गते १७:३८ मा प्रकाशित

काठमाण्डू, १६ साउन– कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको दाबी गरेका छन ।

आज (शुक्रबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।

उनले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसेको पनि बताएका छन । उनले भने,’नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न सकिरहेको छैन ।

यसमा प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासायी बन्दै गएको हो।’ स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने पनि बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ–जहाँ पुगे पनि सबैले शिर उचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us