गुण्डागर्दीमा संलग्न गुरुङ ठमेलको दोहोरी साँझबाट पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १५ गते १३:३५ मा प्रकाशित

काठमाण्डू, १५ साउन– प्रहरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ गरेको छ । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिएका छन । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।

०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए ।

पछि जिल्ला प्रशासन कार्यालय, काठमाण्डूले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो । लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us