काठमाण्डू, १५ साउन– उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज (बिहिबार) बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डूबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।