मखन महादेवलाई ‘दुग्ध स्नान’

काठमाण्डु टुडे २०८२ साउन १५ गते १२:०० मा प्रकाशित

काठमाण्डू, १५ साउन– बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव अर्थात ‘मखन महादेव’ को आज (बिहिबार) रुद्राभिषेक गरिएको छ । हरेक वर्ष साउन १५ गतेको दिन मखन महादेवलाई स्नान गराउने र पूजा गर्ने चलन रहेको छ ।

यही चलनअनुसार आज बिहान महादेवको पूर्णकदको मूर्तिलाई दूध, दही, मह मिश्रित पञ्चामृतले स्नान गराइएको छ । यहाँ हरेक वर्ष साउन १५ गते ‘दुग्ध स्नान’ सहित विशेष पूजा गर्ने चलन रहेको छ ।

‘सानो पशुपति’ र ‘मखन महादेव’ भनेर पनि चिनिने सो मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ । ‘राजा महिन्द्र मल्लले नेपाल सम्बत ६७४ मा पशुपतिनाथको जस्तै मन्दिर बनाई ‘महेन्द्रेश्वर महादेव’ प्रतिस्थापन गराएका थिए ।

किंवदन्ती अनुसार राजा महिन्द्र मल्ल दिनहुँ पशुपतिनाथ मन्दिर धाई भक्ति गरेको देखेर शिव प्रसन्न भई राजाले भनेकै स्थानमा आएर बसिदिने वरदान दिएअनुसार ‘महेन्द्रेश्वर महादेव’ मन्दिर बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us