सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्ः ओली

काठमाण्डु टुडे २०८२ साउन १५ गते ८:२३ मा प्रकाशित

काठमाण्डू, १५ साउन– प्रधानमन्त्री केपी ओलीले साउन १५ को शुभकामना दिएका छन् ।

ओलीको आजको दिन खीर खाने गरिएको प्रसंग उल्लेख गर्दै यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको बताए ।

सामाजिक सञ्जालमार्फत ओलीले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरे ।

‘जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’, ओलीले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us