१२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०८२ साउन १४ गते १७:३० मा प्रकाशित

काठमाण्डू, १४ साउन– प्रहरीले १२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी सहकारी ऐनअन्तर्गतको ठगीका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

उनले १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई भक्तपुरको दधिकोटबाट पक्राउ गरीएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us