सरकार भ्रष्टाचार नियन्त्रणको पर्यायः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ साउन १४ गते १७:२० मा प्रकाशित

काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको तर्क गरेका छन । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकदुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् ।

छ्यालब्याल रैछ भन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त रु भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्‍यो भने कारबाही हुन्छ । त्यही त गर्ने होला नि ।’ यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप थियो । ‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय रु गम्भीर विषयमा छलफल हुँदाखेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री ओलीले भने ।

उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us