राष्ट्रपति पौडेलद्धारा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाण्डु टुडे २०८२ साउन १४ गते १७:११ मा प्रकाशित

काठमाण्डू, १४ साउन– राष्ट्रपति राम चन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us