प्रधानमन्त्री, गृहमन्त्री सहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

काठमाण्डु टुडे २०८२ साउन १४ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍ुसफलु ले जिल्ला प्रहरी परिसर काठमाण्डूमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।

पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा उल्लेख गरेका छन । साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

यसअघि पौडेलले प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us