काठमाण्डू, १४ साउन– कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न आज (बुधबार) भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ ।
हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएको निर्वाचन मण्डलले जानकारी दिएको छ । संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । निर्वाचनको नतिजा आजै केहीबेरमा सार्वजनिक हुने बताइएको छ ।