बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन १३ गते २२:२२ मा प्रकाशित

काभ्रे, १३ साउन–मंगलबार काभ्रेपलाञ्चोकका दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ ।

मंगलबार स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा उनी लडेर टाउकोमा चोट लागेको थियो। काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us