गुल्मीमा पासो लगाएको अवस्थामा मृत भेटिए १० बर्षीय बालक

काठमाण्डु टुडे २०८२ साउन १३ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, १३ साउन– गुल्मीमा १० बर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा स्थानीय राम बहादुर सुनारका १० वर्षीय छोरा अनमोल सुनार मृत अवस्थामा फेला परेका हुन । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन । बालकको आमाले झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटी खाटमा राखेकी थिइन् ।

तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई जानकारी गराएका थिए ।

जानकारी पाएसँगै प्रहरी सहायक निरीक्षक रामदेव सुनारको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरी टोली खटिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us