स्पेन प्रकरणः महाराजगञ्जस्थित एक ट्राभल्समा सीआईबीको छापा

काठमाण्डु टुडे २०८२ साउन १३ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, १४ साउन– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिन गरिरहेको एक ट्राभल्समा छापा मारेको छ । सीआईबीको टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।

सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको छ । केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।

संसद्‍मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले अहिले काम गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us