एनटीसीको फोरजी साढे चार घण्टादेखि चलेन, भएको के हो ?

काठमाण्डु टुडे २०८२ साउन १२ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १३ साउन– नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या आएको छ । टेलिकमको फोरजी नेटवर्कमा समस्या आएको नेपाल टेलिकमले जनाएको छ ।

दिउँसो १ः४५ बजेदेखि समस्या आएकोमा अहिलेसम्म पनि समस्या समाधानको प्रयास भइरहेको प्राधिकरणका सह प्रवक्ता नवीन कुमार मिश्रले जानकारी दिएका छन । उनले भने, ‘एनटीसीको डाटा कोरमा समस्या देखिएको छ ।

कहाँनिर समस्या देखियो भर्खरै पत्ता लागेको जानकारी आएको छ, प्राविधिकहरू समस्या समाधानमा लागिरहनुभएको छ, केही समयमा समस्या समाधान होला ।’ त्यसो त, मोबाइल नेटवर्कमा पनि अहिले समस्या देखिएको गुनासो आइरहेको छ ।

तर, यसमा प्राविधिक रूपमा भने कुनै समस्या नरहेको उनको भनाइ छ । ‘फोरजीमा समस्या हुँदा मोबाइल नेटवर्कको बढी प्रयोग भएर केही समस्या आएको हुन सक्छ, प्राविधिक समस्या केही छैन, टूजी र थ्रीजीमा पनि समस्या छैन ।’

अहिलेको समस्या अचानक आएको र जटिल भएको भन्दै २२ वर्षको अनुभवमा अहिलेसम्म यस्तो समस्या नदेखिएको समेत उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us