काठमाण्डू, १३ साउन– सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरीएको छ । गत शुक्रवारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका थिए ।
रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिएका छन । डीएसीपी भने, रामेछाप तर्फ आएको हुनसक्ने आशङ्कामा खोजी कार्य भइरहेको छ ।’
बिहीबार ९८ साउन० मा साउन ८ मा बिहीबार स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित १६ जनाले ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।
भत्ता बुझेपछि उनीहरूले घरमै सुँगुरको मासु खाएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन । गोलन्जोर क्षेत्रमा विपद्को घटना पनि नभएको र उनीहरू समूहमा नै हिँडेको आकलन गरिएको छ ।
सम्पर्कविहीन हुनेहरूको मोबाइलको लोकेसन रामेछापको टावरमा देखिएको छ । तर, गोलन्जोर भन्दा पारिपट्टि पर्ने सो टावरले गोलन्जोरमा पनि फोन सम्पर्क हुने खोजमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन ।