काठमाण्डू, १३ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता हुने भएको छ ।
दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘दुई नेताबिच सिंहदरबारमा ३ बजे छलफल गर्ने तय भएको छ, छलफलको विषय प्रस्ट थाहा भइसकेको छैन ।’
स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक बोलाउने र यसअघि मोर्चाले गरेका कार्यक्रमबारे समीक्षा हुनसक्नेछ । गत चैत महिनायता मोर्चाको बैठक बस्न सकेको छैन ।