काठमाण्डु, २८ भदौ– नेपाली काँग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको भोलिबाट राजधानीमा हुने भनिएको केन्द्रीय अधिवेशन अनश्चितकालका
लागि स्थगित भएको छ ।
नेविसंघ अधिवेशन स्थगित भएको यो पाचौंपटक हो । अधिवेशनमा सहभागी हुन अधिकांश जिल्लाका प्रतिनिधि काठमाण्डु आइसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सभापति सुशील कोइरालासहित पदाधिकारी र निर्देशक समितिको बैठकले महाधिवेशन रोक्ने निर्णय गरेको हो ।
नेविसंघ महाधिवेशन गर्न काँग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशक समिति बनाएको थियो । पदाधिकारी र निर्देशक समितिको बैठकले भोलिका लागि तय गरिएको महाधिवेशन रोक्न र एक साताभित्र अर्को महाधिवेशनको मिति तय गर्न निर्देशन दिएको नेविसंघ नेता श्रषिकेशजंग शाहले काठमाण्डु टुडेलाई बताए । शाहले तयारी नपुगेको र कतिपय जिल्लामा प्रतिनिधि चयनसमेत नभएका कारण महाधिवेशन स्थगन भएको बताए ।
यसैबीच अध्यक्षका प्रत्यासी मनोजमणि आचार्यले अधिवेशन रोकिएकाम आपत्ति जनाएका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै आचार्यले अधिवेशनको विकल्प अधिवेशन मात्र भएको बताए । ‘अधिवशेनको विकल्प अधिवेशन नै हो’, आचार्यले भने, यो वा त्यो बहानामा अधिवेशन रोक्न पाइँदैन, भोलि जसरी पनि अधिवेशनको उदघाटन हुनुपर्छ ।’