वीरगञ्जमा खानेपानीको हाहाकार

काठमाण्डु टुडे २०८२ साउन ११ गते १७:०२ मा प्रकाशित

काठमाण्डू, ११ साउन– मधेस प्रदेश अहिले सुख्खा र खडेरीका हाहाकारमा छ । पछिल्लो केहि समय यता वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव समेत सुरु भएको छ ।

अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको चरम अभाव भएको छ । पालिकाको १९ नम्बर वडा विन्ध्यवासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाव भएको छ ।

सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ । हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा ९ बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे० ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिएका छन ।

नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन्, अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले जानकारी दिए ।

स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए । पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ, अरू वडा, पालिकाले केही गरेको छैन उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us