चन्द नेतृत्वको गुल्मी–काठमाण्डू सम्पर्क मञ्च माओवादीमा समाहित

काठमाण्डु टुडे २०८२ साउन १० गते १७:०२ मा प्रकाशित

काठमाण्डू, १० साउन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गुल्मी–काठमाण्डू सम्पर्क मञ्चको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको छ ।

माओवादी केन्द्रको गुल्मी–काठमाण्डू सम्पर्क समन्वय समितिको शनिबार राजधानीमा आयोजित पाँचौं अधिवेशनका क्रममा मञ्चको सिंगो कमिटी माओवादी केन्द्रमा समाहित भएको हो ।
उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तले पार्टीमा स्वागत गरे ।

माओवादीमा समाहित हुनेमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशवराज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवीप्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us