काभ्रे, १० साउन– काभ्रेमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१, अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । गएराति करिब ९ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव शनिबार सुनकोशी नदीमा भेटिएको हो ।
भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्नमा शव फेला परेको हो ।
यसैगरी, काभ्रेको पनौती–३, बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकमा सवार ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको हो ।
बिहान ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का वियज थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।