भावनाले मात्र कम्युनिष्ट एकता हुन सक्दैनः झलनाथ

काठमाण्डु टुडे २०८२ साउन १० गते १६:४९ मा प्रकाशित

काठमाण्डू, १० साउन-नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टहरुको एकता हुन नसक्ने बताएका छन्।

शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टहरु एकतावद्ध हुनु राम्रो कुरा भएको पनि बताए । सही विचार नभइकन एकतावद्ध गर्न नसकिने उनको भनाइ छ ।

‘सही विचार भनेको यो अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्दा जनवादी क्रान्तिको कालखण्ड पार गरेर हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा आइपुग्यौँ । यो कुरा सबै कम्युनिष्टहरुले मान्न सक्नुपर्छ । हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद हो । मार्क्सवाद, लेनिनवादका सामु फेरि यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर यो जोडिरहनुपर्ने केही पनि जरुरी छ । माक्र्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो,’ उनले भने।

सम्मानित नेता खनालले बहुदलीय जनवाद भनेको समाजवाद नभएको र पुँजीवादी जनवादीबाट समाजवाद ल्याउन नसकिने बताए ।

—न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us