सल्यान, २८ भदौ– सल्यानको निगालचुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
निगालचुला–५ भिरकुनाकी ६८ वर्षीया कली खत्रीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
स्थानीय हात्तिटाउके वनमा घाँस काट्न गएका बेला उनी शुक्रबार लडेर घाइते भएकामा उपचारका लागि जिल्ला अस्प्ताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।