बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०८२ साउन ९ गते १६:५० मा प्रकाशित

काठमाण्डू, ९ साउन– प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय रत्नबहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागार्जुनको रानिवनबाट बिहीबार पक्राउ गरेको हो । उनीविरुद्ध ७ साउन २०८१ मा चितवन अदालतले बैंकिङ कसुर पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ परेका उनलाई चितवन पठाइएको प्रहरीले जानकारी दिएको छ । उनी बैंकिङ कसुरका अरु पाँच वटा मुद्दामा फरार रहेको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us