काठमाण्डू, ९ साउन– एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द भएपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आज आफ्नो भावी रणनीति सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेकी छन ।
काठमाण्डूको बबरमहलस्थित कार्की ब्याङ्केटमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरीरहेकी छन । दिउँसो ३ बजेका लागि बोलाइएको पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सुर्यअंकित ब्यानर राखिएको छ ।
जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको छ ।