काठमाण्डू, ९ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलन जारी छ । काठमाण्डूको बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेरदेखि पत्रकार सम्मेलन सुरु भएको हो ।
एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो । यो पत्रकार सम्मेलनमा भण्डारीले आगामी आफ्नो यात्राबारे धारणा सर्वजनिक गर्ने तयारी गरेकी छन ।
पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।