तिनकुने घटनाबारे धवल शमशेर भन्छन्ः न्याय पाउने विश्वास छ

काठमाण्डु टुडे २०८२ साउन ९ गते १५:५२ मा प्रकाशित

काठमाण्डू, ९ साउन– राप्रपाका सांसद धवल शमशेर जबराले गत १५ चैतमा काठमाण्डूको तिनकुनेमा भएको राजावादीको प्रदर्शनलाई गलत तरिकाले बुझिएको तर्क गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका सांसद राणाले यस्तो बताएका हुन ।

उनले भने, ‘हामीले संविधानमा दिएको अधिकार हातहत्या रहित शान्तिपूर्ण विरोध गर्ने क्रममा राज्यको तर्फबाट अत्याधिक र अनावश्यक बल प्रयोग भयो, ‘यहाँसम्मकी मञ्चमा राष्ट्रगान बजिरहेको बेला अश्रु ग्यास प्रहार भएको छ ।’

आन्दोलनकारीलाई तितरबितर गर्ने नाममा प्रहरीबाट सयौं राउण्ड अश्रु ग्यास, रबर बुलेट र लाइभ बुलेट फायर भएको उल्लेख गर्दै उनले त्यसले एक जना आन्दोलनकारीको मृत्यु भएको र गोली लागेर २५ जनालाई घाइते भएको बताए ।

उनले जीवन बचाउनको लागि एउटा गल्लीको सटरमा आश्रय लिन पुगेको स्मरण गर्दै उनले साँझ अस्पतालमा घाइतेहरुको उपचार गर्ने क्रममा आफूहरूलाई प्रहरीले गिरफ्तार गरेर प्रहरी परिसर काठमाडौंको जिल्लामा राखेर झुठा मुद्दा लगाएको आरोप लगाए ।

‘हामी र हामीले बोकेको विचारधारालाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराध सहित चारवटा झुटा मुद्दा लगाइएको छ’, उनले भने, ‘मलाई विश्वास छ कि यो मुलुकको गरिमा न्यायालयले दूधको दूध र पानीको पानी गरी निष्पक्ष न्याय दिइन्छ भनेर मलाई विश्वास छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us