सर्वपक्षीय सभाबारे चार दलीय कार्यदलमा छलफल हुँदै

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ३:४० मा प्रकाशित

काठमाण्डु, २८ भदौ– आगामी ३१ भदौमा आयोजना गर्ने भनिएको सर्वपक्षीय राजनीतिक सभाको कार्यविधि र प्रक्रिया तय गर्न चार दलीय कार्यदलको 4 patri meetingबैठक बस्दैछ ।
सभाको विधि, प्रक्रिया र प्रारुप तय गर्न प्रमुख तीन दल काँग्रेस, एमाले, एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ८ सदस्यीय कार्यदल गठन गरेका थिए ।

नेकपा–माओवादीसहित संविधानसभाबाहिर रहेका दलहरुलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउने उद्देश्यका साथ हिजो मंगलबारका लागि सर्वपक्षीय सभा बोलाउने निर्णय गरेको थियो ।

नेकपा–माओवादीतर्फकी कार्यदल सदस्य पम्फा भुसालले कार्यदलले आज र भोलिसम्ममा सभाको विधि र एजेण्डा तय गर्ने जानकारी दिइन् । सम्मेलनमा संविधानसभामा रहेका सबै दलको सहभागिता रहने छ ।

संविधानसभाबाहिर रहेका नेकपा-माओवादीसहित अन्य कुन–कुन दललाई सहभागी गराउने भन्नेमा विवाद छ ।

नेकपा–माओवादीले आफ्नो मार्चामा रहेका ४६ वटै दललाई सभामा बोलाउनुपर्ने अडान लिएको छ । सरकारको संयोजनमा हुने  सम्मेलनको स्थान पनि टुङ्गो लाग्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us