सपनाको यौनसम्पर्क विपनामा सुनाउँदा खोरमा

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ३:१९ मा प्रकाशित

रौतहट, २८ भदौ– सपनाको यौन सम्पर्क सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन् ।

रौतहट झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषयका शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन् ।

शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेको देखेको भन्दै विद्यालयमा गएर ती छात्रासँग सपनाको कुरा सुनाएपछि दुर्व्यवहार भएको दाबीसहित विद्यार्थीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
शिक्षक यादवले बिहीबार विद्यालयमा सुनाएको कुरा छात्राले अभिभावकलाई जानकारी गराएपछि शुक्रबार शिक्षकलाई विद्यार्थी र अभिभावकले प्रहरी जिम्मा लगाएका हुन् ।

शिक्षक यादव प्रहरी नियन्त्रणमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भीम ढकालले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us