काठमाण्डु, २७ भदौ – आफ्नी श्रीमतीसँग अवैध यौनसम्वन्ध राखेको थाहा पाएपछि काठमाण्डु गोकर्णेश्वरका कृष्ण श्रेष्ठले एक व्यक्तिको हत्या गरेका छन् ।
उनले मकवानपुर – ८ कमाने घर भइ गोकर्णेश्वर बस्ने ५० वर्षका मिनबहादुर लोप्चनको हत्या गरेका हुन् ।
६० वर्षका कृष्णले लाठी र धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा कृष्णकी कान्छी श्रीमती र लोप्चनबीचको अवैध यौनसम्वन्धका कारण हत्या भएको देखिएको छ । कृष्णलाई प्रहरीले गोकर्णबाट पक्राउ गरेको छ ।