नक्कली प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ भदौ २७ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, २७ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ ।

akhtiyarकाठमाण्डु मैतिदेवी शाखामा कार्यरत पाचौं तहका पुष्करराज उपाध्यायलाई बढुवा प्रयोजनका नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

उपाध्यायले पेश गरेको बिहार ईन्टरमिडियट शिक्षा परिषद,पटना, भारतबाट सन् १९९१ मा ईन्टरमिडियट तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम हदैसम्मको दण्ड सजायको माग गर्दै मुद्धा दायर गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us