‘सिरियल सुटर’ पक्रन प्रहरीलाई लाग्यो पाँच वर्ष

काठमाण्डु टुडे २०७१ भदौ २७ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– संगठित समूह बनाएर उपत्यकामा ऋंखलाबद्ध हत्यामा सक्रिय समूहका मुख्य सुटर पक्राउ परेका छन् ।

आधुनिक हतियार बोकेर लुटपाट र हत्यामा संलग्न निरज केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पाँच वर्षको खोजपछि पक्रेको हो ।

यो समूह २०६५ देखि उपत्यकामा घटेको ४ वटा घटनाको मुख्य योजनाकार रहेको र केसी सो समूहका ‘सिरियल सुटर’ रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार काठमाण्डु भिमसेन गोलाका केसी, टेबहालका सुनिल महर्जनसँगै राजु डंगोल र अशोक गोले मिलेर उपत्यकामा लुटपाटको योजनासहित समूह बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us