प्रतिनिधि आइसके, महाधिवेशनको टुंगो छैन

काठमाण्डु टुडे २०७१ भदौ २७ गते २:२२ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि काठमाण्डु आउन थालेका छन् ।
nebi sanghतर, तोकिएको मिति आउन दुई दिन बाँकी रहँदासमेत महाधिवेशन हुने/नहुने अनिश्चित छ ।
धेरैपटक घोषणा गर्दै स्थगित गरिँदै आएको नेविसंघको महाधिवेशन पछिल्लोपटक २९ देखि ३१ भदौमा काठमाण्डुमा गर्ने गरी तोकिएको छ ।

तर, माउ पार्टी कांग्रेसमा विवाद र व्यवस्थापनको तयारीसमेत नभएकाले महाधिवेशनबारे विद्यार्थी नेताहरु नै अलमलमा परेका छन् ।
नेविसंघको महाधिवेशन सम्पन्न गर्न कांग्रेसले महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ । तर, समितिका नेताहरुमा विवाद भएपछि महाधिवेशन अन्योलमा परेको छ ।

निर्देशन समितिमा प्रकाशसरण महत, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी ,बद्री पाण्डेलगायत नेता सदस्य छन् । निर्देशन समितिका संयोजक सिंहले विवाद यथावत राखेर महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् ।

तर, विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले भने केही दिन सारेर व्यवस्थित रुपमा महाधिवेशन गर्नुपर्ने अडान लिएको स्रोतका भनाइ छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us