सरकारी खर्चमा प्रधानसेनापति निजी भ्रमणमा

काठमाण्डु टुडे २०७१ भदौ २७ गते २:१७ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– प्रधानसेनापति गौरवशम्शेर जबरा सरकारी खर्चमा निजी भ्रमणमा निस्केका छन् ।
Gaurabsamser_ranaकंगो र दक्षिण सुडानमा शान्ति स्थापक मिसनको निरीक्षण भ्रणममा गएका प्रधानसेनापति जवरा केन्यामा भने व्यक्तिगत भ्रमणमा गएका हुन् ।

प्रधानसेनापति जवराले भ्रमणका क्रममा केन्याका उच्च सैन्य अधिकारीसँग औपचारिक भेटवार्ता गरेको सूचना नेपाली सेनाले सञ्चारमाध्यमलाई सम्प्रेषण गरेको छ ।

तर, उनी सरकारी खर्चमा केन्याको निजी भ्रमणमा गएका हुन् । स्रोतका अनुसार प्रधानसेनापति नेतृत्वको भ्रमणटोलीको खर्चका लागि सरकारले १५ लाख रुपैयाँ दिएको छ ।
प्रधानसेनापति जवरा नेतृत्वको उच्चस्तरीय टोली १५ देखि २२ भदौसम्म कंगो र दक्षिण सुडानको भ्रमणमा थियो ।

औपचारिक कार्यक्रम सकिएपछि २३ देखि २८ भदौसम्मको बिदा मिलाएर जबरा केन्या भ्रमणमा गएका छन् । उनी त्यहाँबाट अबुधाबी हुँदै शनिबार काठमाण्डु फर्कंंदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us