रेड पाण्डाको छालासहित दुई पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– प्रहरीले दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेड पाण्डा (हाब्रे) को छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्युुरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डु गोंगबु बस्ने ताप्लेजुङ ढुंगेसाँघु–५ का ३० वर्षीय शुन्य सुब्बा भन्ने सञ्जय चोङवाङ र नुवाकोट हल्देकालिका–३ का २६ वर्षीय विजय गुरुङ छन् ।

उनीहरुको साथबाट पुच्छरसहित ८ इन्च चौडाईको रेड पाण्डाको छाला बरामद भएको प्रहरीले जनाएको छ । काठमाण्डुको बौद्धमा बिक्री गर्न लिएर हिंडेको अवस्थामा रेडपाण्डाको छालासहित उनीहरु पक्राउ गरेका हुन् ।

प्रहरीले चोङवाङ र तामाङलाई आवश्यक कारवाहीका लागि काठमाण्डु जिल्ला वन कार्यालय हात्तीसारको जिम्मा लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us