केपी ओलीको गाडी सेनाले बालुवाटार गेटमा रोकेपछि………

काठमाण्डु टुडे २०७१ भदौ २६ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको १ नम्बर गेटबाट छिर्न नेपाली सेनाले रोकेको OLI GaDI 2छ ।
काँग्रेस, एमाले, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको बैठक बीचैमा छाडेर हिंडेका ओली सवार गाडी सेनाले रोकेको हो ।

बालुवाटारको १ नम्बर गेट प्रधानन्त्री, पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, संविधानसभा अध्यक्ष र प्रधान न्याायधीशलगायतले मात्र प्रयोग गर्न पाउँछन् ।

तर पूर्वउपप्रधानमन्त्री ओली बल मिच्याईं गरेर उक्त गेटबाट बहिरिन खोजेका थिए । सुरक्षामा खटिएका सेनाले त्यहाँबाट जान नमिल्ने बताएपछि ओलीका सहयोगी र पिएसओले केहीबेर ‘किचकिच’ गरेका थिए ।

OLI  GADIत्यस क्रममा दुई पक्षबीच करिब ७ मिनेटजति गलफत्ती भएको थियो । ओलीका सहयोगीले सत्तारुढ दलको अध्यक्षका हैसियतले ओलीले बालुवाटारको १ नम्बर गेट प्रयोग गर्न पाउनुपर्ने जिकिर गरेका थिए । सेनाले नियमले नमिल्ने अ्डडी कसेपछि ओलीको गाडी तीन नम्बर गेटबाटै बाहिरियो ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभा बाहिर र भित्रका दलहरुबीच गने भनिएको सर्वपक्षीय राजनीतिक सभाको मिति र प्रक्रिया तय गर्न प्रमुख तीन दल र वैद्य माओवादीका शीर्ष नेताको बैठक बालुवाटारमा बसेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us