विराटनगर, २६ भदौ– केरावारी सडक खण्ड अन्तर्गत मोरङको केराबारीमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय हजार बिघा सामुदायिक वनका वन रक्षक इच्छाबहादुर पौडेल रहेको प्रहरीले जनाएको छ । को ७ प २१३० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगर न्यूरो अस्पताल लैजाले क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेललाई ठक्कर दिने मोटर साइकल चालक केराबारी–७ का दुर्गालाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।