काठमाण्डु, २६ भदौ– भावी संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्ने सैद्धान्तिक सहमति गरेका प्रमुख तीन दल काँग्रेस, एमाले, एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सम्मेलनको मिति र प्रक्रियाबारे छलफल भइरहेको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिए । राजनीतिक सम्मेलन गर्ने विषयमा सहमत भए पनि दलहरुबीच त्यसको मितिबारे विवाद छ ।
सत्तारुढ काँग्रेस–एमाले संविधानसभाको कार्यतालिका प्रभावित नहुने गरी यही महिनाभित्र राजनीतिक सम्मेलन गर्नुपर्ने पक्षमा छन् । एमाओवादी र नेकपा–माओवादी भने पूर्वतयारी गरेर असोज महिना लागेपछि मात्र सम्मेलन गर्नुपर्ने अडानमा छन् ।
दुई माओवादी ८ माघको पूर्वनिर्धारत मितिमा संविधान जारी नगर्ने नियतका साथ अघि बढेको आरोप काँग्रेस–एमालेले लगाउँदै आएका छन् ।