एकै दिनमा सकियो दसैंको आधा टिकट

काठमाण्डु टुडे २०७१ भदौ २६ गते ३:१६ मा प्रकाशित

काठमाण्डु, २६ भदौ–  दसैंमा कैलाली जाने टिकट किन्न बिहान ४ बजे गोंगबु बसपार्क पुगेकी नमिता खत्रीले पाँच घन्टासम्म कुर्दा खोजेको दिनको ticket bukingटिकट पाइनन् ।
घटस्थापनाको दिन घर जान खोजेकी खत्रीले नपाएपछि असोज १३ को टिकट किन्नुपर्यो  । ‘बुकिङ खुलेको दिन बिहानै गए खोजेको दिनको चाहेको सिट पाइन्छ भनेर आएको, पाइएन’, उनले भनिन् ।
असोज १० गते रुकुम जाने तयारीमा रहेका रवि देवकोटा पनि पछि टिकट नपाइने पीरले बुकिङ खुलेकै दिन लाइन बस्न आएका थिए । उनले पनि १२ गतेपछिको पाए । ‘टिकट त पाइयो, भनेको दिनको पाइएन,’ उनले भने । दसैंका लागि घर जान कलेजसमेत छाडेर बिहान ३ बजेदेखि लाइन बस्न आएको उनले सुनाए ।
दसैंका टिकटको अग्रिम बिक्री खुला भएकै दिन बुधबार आधार टिकट बिक्री भएको छ । गोंगबु, कलंकी, गौशाला, पूरानो बसपार्कका टिकट काउन्टरमा भिmसमिसेदेखि नै हजारौंको भीड लागेको थियो । भनेको दिन भनेकै जस्तो सिट नपाइएला भन्ने चिन्ताले झिसमिसेमै लाम बस्न आएको यात्रुहरुले बताएका थिए ।
उपत्यकाका काउन्टरबाट ५० प्रतिशत टिकट बिक्री भइसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । पहिलो दिनमै आधा टिकट बिक्री भए पनि यात्रुलाई यसले असर नगर्ने सिटौलाको दाबी छ । ‘बसको टिकट नपाएर घर जान पाइएन भन्ने गुनासो कतैबाट सुनिने छैन,’ उनले भने ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us