काठमाण्डु, २५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले सशस्त्र क्रान्तिका बेला आफूहरुले भारतलाई पत्तै नदिइकन बर्माबाट हतियार ल्याएको
खुलासा गरेका छन् ।
बीपी स्मृति प्रतिष्ठानले बुधबार काठमाण्डुमा गरेको विचार गोष्ठीमा कोइरालाले त्यस्तो बताएका हुन् । त्यसबेला भारतसँगभन्दा बर्मासँग आफूहरुको विशेष सम्बन्ध रहेको उनको भनाइ थियो ।
‘हामीले क्रान्तिका लागि बर्माबाट हतियार ल्याएका थियौं’, कोइरालाले भने, ‘यो कुरा भारतलाई पनि थाहा थिएन ।’ काँग्रेसले बीपीको सिद्धान्त अनुसरण गर्न नसकेको आरोप लागिरहेका बेला कोइरालाले बीपीलाई कहिल्यै बिर्सन नसकिने दाबी गरे ।
कार्यक्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले बीपीका विचार र मूल्य मान्यता संस्थागत गर्न सविधानसभाबाट तोकिएकै मितिमा संविधान निर्माण गर्नुपर्ने बताए ।